अष्ट्रेलियाका नागरिकहरूबीच कुकुरको लोकप्रियताका कारण भनेको कुकुरले दिने सुरक्षा, सहयोगका साथै साथी हुने गुण हुन् । प्रायः परिवारमा दुईजना श्रीमान्-श्रीमतीमध्ये एउटा काममा जाँदा अर्को एक्लो हुन्छन् । एक्लोपनको उपचार हो कुकुर । उनीहरूका साना बच्चाबच्चीको रोजाइ पनि हुन् अष्ट्रेलियाका कुकुर । केही मानिसहरू त कुकुर पालनलाई अम्मल पनि भन्छन् । फेरि कोरोना कालमा हिँडडुल बन्द भएको समयमा साथीको व्यवहार गर्ने कुकुरको खरिदबिक्री हृवात्तै बढ्यो भन्छन् यहाँका बासिन्दा । कोरोनाकालमा मानसिक स्वास्थ्यलाई भरथेग गर्ने हिसाबले पनि घरपाला कुकुरहरूको संख्यात्मक वृद्धि भएको चर्चा हुन्छ ।
कुकुरको सामाजिक र सहयोगी स्वभाव हुने र आदेशपालक भएकाले मानिस कुकुर पालन गर्छन् । लेब्रेडोर, रिट्रिबर, फ्रेन्च बुलडग, जर्मन सेफर्डलगायत धेरै प्रकारका कुकुर अष्ट्रेलियामा रहेछन् । कुकुरको जात र काम अनुसार मूल्य ३०/४० हजार अष्ट्रेलियायन डलर पर्छ । कुकुरपालन वास्तवमा आवश्यकताभन्दा शौख र सामाजिक प्रतिष्ठाको मानक मानिन्छ । अष्ट्रेलियामा अन्य कानुनजस्तै पशु कल्याणसम्बन्धी कानुन प्रभावकारी छ । घरपाला जनावरको देखभाल, लालनपालनमा लापरबाही, कमीकमजोरी या दुव्र्यवहार आदिमा कठोर दण्ड सजाय र जेलसमेत हुनसक्छ । घरपाला जनावर पाल्ने व्यक्तिले काउन्सिलहरूबाट अनुमति लिनुपर्छ । घरपाला जनावरको रेखदेख, अनुगमन र जिम्मेवारी काउन्सिलको हुने भएकाले काउन्सिलको अनुगमन र दण्डबाट सबै सतर्क हुन्छन् ।
ट्रेनिङ सेन्टरमा दिइने ट्रेनिङपश्चात् उनीहरूलाई प्रमाणपत्र दिइन्छ । दीक्षान्त समारोह हुन्छ । दीक्षान्तको टोपी लगाउने र फोटो सेसन पनि हुन्छ भन्ने जानकारी नहुनेहरूका लागि अनौठो विषय हो । कुकुरलाई दिने ट्रेनिङ र अनुशासित बनाउने कामले मानवमात्रलाई धेरै फाइदा हुन्छ ।
घरपाला कुकुरका लागि काउन्सिलहरूले मार्गनिर्देशनसहितको कानुनी व्यवस्था गर्छ । जसलाई उल्लंघन गर्ने सबै दण्डित हुन्छन् । घरपालुवा जनावरहरूप्रति दुव्र्यवहार गर्न पाइँदैन । कुकुरको पोषणको निश्चित मापदण्डअनुसार भोजनको प्रबन्ध गर्नुपर्छ । घरपाला जनावरहरसलाई सन्तुलित आहार दिने कर्तव्य पालनकर्ताको हो । कुकुरको जात, उमेर, वजन, कामको गतिविधि र उसको स्तर अनुसारको भोजन दिनुपर्छ । त्यसबारे काउन्सिलहरूले अनुगमनसमेत गर्छन् । कुकुरलाई नियमित रूपमा पशु चिकित्सकद्वारा जाँच र उपचार गर्नुपर्छ । त्यसको रेकर्ड राख्नुपर्छ ।
त्यसो छैन काउन्सिलहरूले अनुगमन गर्ने गर्छन् । कुकुरलाई दिनमा निश्चित समय घुमाउन लैजाने विषय पनि तोकिएको हुन्छ । विभिन्न प्रकारका खेलौना दिनुपर्ने र खेलाउनुपर्ने कुरासमेतको निर्देश काउन्सिलहरूले गर्छन् । कुकुरलाई नुहाउने व्यवसाय गर्नेहरू छन् । काउन्सिलले कुकुरको सरसफाइसम्बन्धी अनुगमन गर्छ । कुकुरका सबै विषयको रेकर्ड राख्नुपर्छ । काउन्सिलको अनुगमनको समयमा देखाउनुपर्ने हुन्छ । प्रचलित दररेट अनुसार एकपटक नुहाएको र नङ काट्नेजस्ता अन्य सुसारका लागि प्रतिसप्ताह अष्ट्रेलियाको एक सय डलर खर्च हुन्छ । यसरी महिनामा चारपटक नुहाउँदा अष्ट्रेलियन डलर चार सय खर्च हुन्छ ।
यसलाई हिसाब गर्दा मासिक ३६ हजार नेपाली रुपैयाँ कुकुरलाई नुहाउनमात्रै खर्च हुन्छ । खाना र उपचारसमेतको खर्च जोड्दा निकै उच्च हुन्छ । प्रशिक्षण दिने स्कुल छन् । आदेश पालन गर्न सिकाउने प्रशिक्षण कुकुरको जातनुसार दिइन्छ । ट्रेनिङ सेन्टरमा दिइने ट्रेनिङपश्चात् उनीहरूलाई प्रमाणपत्र दिइन्छ । प्रमाणपत्र वितरण गर्ने दीक्षान्त समारोह हुन्छ । दीक्षान्तको टोपी लगाउने र फोटो सेसन पनि हुन्छ भन्ने जानकारी नहुनेहरूका लागि अनौठो विषय हो । कुकुरलाई दिने ट्रेनिङ र अनुशासित बनाउने कामले मानवमात्रलाई धेरै फाइदा हुन्छ । अपराधी पत्ता लगाउने काममा संसारभर कुकुरले पुर्याएको सहयोगको जति प्रशंसा गरेपनि कम हुन्छ ।
कुकुरलाई परिवारको अभिन्न सदस्यका रूपमा माया दिएर पाल्नुपर्छ । उसका दुःख कष्ट बुझ्ने सम्बन्धित धनी, परिवारको कर्तव्य, दायित्व र धर्म हुन्छ । वर्तमानमा कुकुरहरूको संख्या अष्ट्रेलियामा ६५ लाख छ । कुकुरपछि पाल्तु जनावरमा बिरालाको संख्या अधिक छ । हुन त घरपाला जनावरहरूमा साप, क्षेपारो, कछुवा, गिनीपिगका अतिरिक्त घरमा एक दुईको संख्यामा बाख्रा, कुखुरा पनि पाल्ने चलन छ । यस्ता जनावरको बन्ध्याकरण अनिवार्य हुन्छ ।
घरपाला जनावर वा पक्षीलाई मारेर खाँदैनन् । अष्ट्रेलियाका कुकुरहरू प्रायः सबै कामका लागि पालिन्छन् । जहाँ कुकुर पालन अम्मल बन्छ त्यो अवस्थामा खर्चको कुनै प्रवाह हुँदैन । विशेष गरेर घरपाला कुकुरका सम्बन्धमा कुकुरलाई घुमाउन अनिवार्य हुन्छ । घुमाउन लैजाँदा बटुवालाई दुःख दिन पाइँदैन भने बटुवाले पनि कुकुरलाई हेरेसमेन्ट गर्दा कानुन आकर्षित हुन्छ । कुकुरलाई डोहोर्याउने डोरी पनि दुई मिटरभन्दा लामो हुनुहुँदैन ताकि बटुवाहरूलाई नकारात्मक प्रभाव नपरोस् । अष्ट्रेलियामा कुकुर पाल्नु भनेको खर्चिलो र कानुनी झन्झटसमेत व्यहोर्नु हो ।
यहाँ राम्रो जातका कुकुरहरू अत्यन्त महँगा हुन्छन् । तालिम प्राप्त नभएकै एउटै कुकुरलाई ३०, ४० हजार डलर पर्न सक्छ । यदि गाइड डगको तालिम प्राप्त छ भने त अझ बढी मूल्यपर्छ । यस्ता कुकुरले अन्धा मानिसलाई डोहोर्याउने काम गर्दछन् ।
आफ्नो कुकुरले के मन पराउँछ त्यो खाद्यवस्तु प्रयोग गरिन्छ । उसलाई आवश्यक पर्ने पौष्टिक खाद्य पदार्थ खुवाउने काम नभएको अवस्थामा समेत कानुन आकर्षित हुन्छ । कुकुरलाई आफूले खाएको खानामध्ये बाँकी रहेको जुठो खाना खुवाउन पाइँदैन । कुकुरलाई लात हानेको विषयलाई लिएर दक्षिणी अष्ट्रेलियाको अदालतले सम्बन्धित व्यक्तिलाई २२०० अष्ट्रेलियन डलर जरिवाना गरेको समाचार भर्खरै पढ्न पाइएको थियो ।
कुकुर जसले पाल्छ त्यो कुकुरको इन्स्योरेन्स हुन्छ । यहाँ बेवारिसे कुकुर पाइँदैन । अष्ट्रेलिया सरकारसँग देशभर कति कुकुर पालेका छन् भन्ने तथ्यांक छ । त्यो तथ्यांक नियमित अद्यावधिक पनि हुन्छ । कुकुर जसले पाल्छ त्यसले कुकुरको जवाफदेहीता सधैँ लिनुपर्छ । म कुकुर पाल्दिन भनेर छोड्न पाइन्न कुकुरमा यस्तो चिप्स राखिन्छ जसले यो कुकुर कस्को हो भन्ने जानकारी दिन्छ । कुकुर छोड्दा दण्डित हुनुपर्छ । कुकुर हरायो भने त्यसको खोजतलास गर्ने जिम्मेवारीसमेत सम्बन्धित व्यक्तिको हुने भएको हुँदा कुकुर हराउनु भनेको कुकुरको मालिकलाई दशा लाग्नु हो । यहाँ कुकुर पालेर फाइदा भनेको दैव दुःख नदे आफैँ दुःख पा भनेजस्तै हो ।
कुकुर मालिकको आर्थिकस्तर अनुसारका बेडहरूमा सुत्न पाउँछन् अष्ट्रेलियाका भाग्यमानी कुकुरहरू । विकासोन्मुख देशका नागरिकहरूले खान नपाउने भोजन र सुत्न नपाउने बेड अष्ट्रेलियाका कुकुरहरूले उपभोग गर्छन् । विकासोन्मुख देशका मानिसहरूभन्दा अष्ट्रेलियाका कुकुरहरू भाग्यमानी छन् भन्दा मानवताप्रति खिल्ली उडाएको लाग्नसक्छ तर यो वास्तविकता हो ।
कुकुरहरूलाई बाटोघाटोमा दिसापिसाब गराउन पाइँदैन । ठाउँठाउँमा कुकुरको दिसा संकलन गर्न सजिलो होस् भनेर प्लाष्टिकका झोलाहरू बाटामा राखिएका हुन्छन् । कुकुरको दिसालाई सार्वजनिक स्थलबाट नउठाउनेहरूलाई कठोर दण्ड हुन्छ । यहाँका कुकुरधनीहरू कुकुरका साथ हिँड्दा एउटा हातमा डोरी हुन्छ भने अर्को हातमा कुकुरको दिशा संंकलन गर्ने प्लास्टिकको झोला । अनौठो के छ भने कुकुरको दिशा बोक्ने कामलाई नै सभ्यता सम्झने समाजमा कुकुर पाल्ने विषय आवश्यकताभन्दा पनि सौखिन विषयका रूपमा लिइन्छ । कुकुरलाई एक्लै घरमा छोडन् पाइँदैन ।
त्यसैले यहाँका कारहरूका सिटहरूमा कुकुरहरू सयर गरेको भेटिन्छ । कारमा बस्ने वा राख्नेसमेत निर्दिष्ट नियम छ, त्यसको पालना अनिवार्य छ । यहाँ मानिसहरू कि त सिसी क्यामेरासँग डराउँछन् कित कानुनसँग डराउँछन् । यो एक प्रकारले भ्रष्टाचारमुक्त देश हो ।
यहाँ राम्रो जातका कुकुरहरू अत्यन्त महँगा हुन्छन् । तालिम प्राप्त नभएकै एउटै कुकुरलाई ३०, ४० हजार डलर पर्न सक्छ । यदि गाइड डगको तालिम प्राप्त छ भने त अझ बढी मूल्य पर्छ । यस्ता कुकुरले अन्धा मानिसलाई डोहोर्याउने काम गर्दछन् । यस्ता कुकुरहरूले मान्छेलाई पसल लैजाने, अस्पताल लैजाने आदि सबै काम गर्दछन् । मानौँ कुनै कृषकको ५०० भेडा छन् भने यी मस्टर डगहरूले सबै भेडालाई एकीकृत गरेर राख्छन् । पचासौं मानिसको काम एउटा यस्तो कुकुरले गर्छ । अर्को प्रकारको कुकुर त एयरपोर्टमा सामानको खानतलासी गरेको देखेकै छौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच