
काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरूको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्नुभयो । उहाँकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो तथा कोशी प्रदेशका सुपर राई तेस्रो हुनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाउनुभयो । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो बन्नुभयो ।
पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गर्नुभयो । उहाँले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गर्नुभयो । बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गर्नुभयो ।
पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जित्नुभयो । उहाँले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गर्नुभयो । गण्डकी प्रदेशका पवन घर्ती मगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो स्थानमा रहनुभयो ।
पुरुष ४९ केजीमा बागमतीका मनिष पुन मगरले स्वर्ण चुम्नुभयो । उहाँले ५० केजी वजन उठाउनुभयो । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पार्नुभयो । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो हुनुभयो । उहाँले ८० केजी तौल उचाल्नुभयो । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो हुनुभयो ।
विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले पुरस्कृत गर्नुभएको थियो । दुईदिने प्रतियोगितामा मधेशबाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा तीन गरी नौ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच