वासिङ्टन डिसी । कोलम्बियासँग बराबरीमा रोकिए पनि ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लेभिस स्टेडियममा बुधबार बिहान सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-१ गोलको बराबरीमा रोकेको हो । समूहबाट कोलम्बिया यो खेलअघि नै क्वाटरफाइनलमा पुगिसकेको थियो ।
समूह विजेता बनेको कोलम्बियाले तीन खेलबाट अपराजित रहँदै सात अंक जोड्यो । अपराजित रहेको ब्राजिलले पनि समान खेलबाट पाँच अंक जोड्यो । चार अंक जोडेको कोस्टारिका र अंकविहीन पाराग्वे प्रतियोगिताबाट बाहिरिएका छन् ।
खेलको १२औँ मिनेटमै राफिन्हाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा डेनियल मुनोजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काउनुभयो । त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।
यस्तै, अन्तिम खेलमा जितका बाबजुद कोस्टारिका कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ । क्वु टु स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा समूह ‘डी’ को अन्तिम खेलमा कोस्टारिकाले पाराग्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै कोस्टारिकाले तीन खेलबाट चार अंक जोड्यो । कोस्टारिका समूहमा तेस्रो भयो । यो समूहबाट कोलम्बिया विजेता र ब्राजिल उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरे । पाराग्वे जित र अंकविहीन रहृयो ।
पहिलो हाफको सात मिनेटभित्रै फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले गोल गर्दै कोस्टारिकालाई अग्रता दिलाउनुभएको थियो । ५५औँ मिनेटमा रामोन सोसाले गोल गर्दै पाराग्वेलाई २-१ को स्थितिमा ल्याउनुभयो । तर, त्यसपछि खेलमा गोल हुन सकेन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच