
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले बिहीवार वडाध्यक्ष तामाङ र विचौलिया ध्रुवबहादुर कडायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
वडाध्यक्ष तामाङको निर्देशनमा विचौलिया कडायतले सेवाग्राहीबाट २ लाख रुपैयाँ नगद लिएको पाइएको अख्तियारको दाबी छ ।
व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि उक्त घुस रकम लिएको पाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले विचौलिया धुर्व बहादुर कडायतलाई सेवाग्राहीबाट नगद दुई लाख रुपैयाँ र उनकको नाममा काटिएको रु २,००,०००।– को चेक थान एक गरी जम्मा रु४,००,०००। (चार लाख रुपैयाँ) घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारकाे आराेप छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच