काठमाडौं । ताइवानमा सम्पन्न ताइवान इन्टरनेसनल साइन्स फेयरमा नेपाल इन्जिनियरिङतर्फको विधामा चौथो स्थान हासिल गर्न सफल भएको छ । माघ १४ देखि १९ गतेसम्म भएको अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालका तर्फबाट हेटौंडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत वाईबाको कृषि-प्रविधिमा आधारित एग्रो-गार्ड नामक रिसर्च प्रोजेक्ट चौथो स्थान हासिल गर्न सफल भएको हो ।
गणित, रसायनशास्त्र, इन्जिनियरिङलगायतका फरक-फरक १३ विधा समेटिएको प्रदर्शनीमा यस वर्ष छ सय ३० जना विद्यार्थी अनुसन्धानकर्ताले तीन सय ५९ वटा विज्ञान, सूचना-प्रविधि नवप्रवर्तनसम्बन्धी अनुसन्धान प्रोजेक्ट प्रदर्शनीमा राखेका थिए । जहाँ ५४ अन्तर्राष्ट्रिय र तीन सय चार राष्ट्रिय प्रोजेक्ट समावेश थिए ।
विज्ञान प्रदर्शनीमा नेपालबाट विद्यार्थी प्रतिस्पर्धामा सहभागी गराउन विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्दै आइरहेको एस्ट्रोनोभा फाउण्डेसन नेपालले दरखास्त आहृवान गरी प्रतिस्पर्धामार्फत् अनुसन्धानात्मक प्रोजेक्ट छनोट गरी ताइवानमा नेपाललाई प्रतिनिधित्व गराएको थियो ।
२० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विद्यार्थीको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनीको अवसर प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष ताइवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेसनल ताइवान साइन्स एजुकेसन सेन्टले विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच