
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिनुभएको छ ।
सम्मानित नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाउनु भयो । पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरुले एमालेबाट बिद्रोह गर्नुपरेको पनि बताउनु भयो ।
खनालले भन्नुभयो, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउँदै नेकपामा पु-याईसकेका थियाैँ । जुन नेकपामा पुर्याउँदैखेरी १० लाख पार्टी सदस्यहरु हामी थियौं । संघीय संसदमा हामी करिव दुई तिहाई बहुमतमा थियौं । र, यो देशका अहिलेका सात वटा प्रदेश मध्ये हामी ६ वटामा पूर्ण बहुमतमा थियौं । र तल अहिले रहेका ७५३ वटा पालिकाहरु मध्ये हामी ४ सय भन्दा बढिमा बहुमत प्राप्त गरिसकेका थियौं । देश बाममय बन्दै गईरहेको थियो । तर जब त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई हामीले पु¥यायौं, उनी निस्किए–भष्मासुर । यो भष्मासुरको कारणले गर्दाखेरी उनले यो कम्युनिष्ट आन्दोलनलाई क्रमिक रुपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो । र आफ्नै बहुमत मात्रै होइन, दुई तिहाई बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो । जसले गर्दाखेरी नेपालको राजनीतिलाई दक्षिणपन्थीभासतर्फ लग्ने, अस्थिरतातर्फ लैजाने, कम्युनिष्ट आन्दोलनलाई दिशाहिन बनाउने यो कामहरु भयो । जसको परिणाम कम्युनिष्ट आन्दोलन फेरि विभाजन र विखण्डनतर्फ लागेको छ । यो विखण्डन र विभाजनकै परिणाम स्वरुप हामीले पनि त्यो गलत कुरा विरुद्ध बिद्रोह गर्नुप¥यो ।’
सम्मानित नेता खनालले आफूहरुले दक्षिणपन्थी अवसरवादी विरुद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच