काठमाडौं । मानव अधिकार संगठन नेपालको २८औं अधिवेशन सम्पन्न भएको छ । काठमाडौं जिल्ला, बुढानीलकण्ठको-१० कपनमा आयोजित मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनल नेपाल ग्रुप-८० को संयोजकमा समाजसेवी नवराज वन निर्वाचित हुनुभएको छ । यस्तै उप-संयोजकमा कल्पना थापा, महासचिव दीपकजंग अधिकारी, उप–महासचिव विश्ववल्लभ नेपाल, सचिव छेतेन भोटे, कोषअध्यक्ष सुमित्रा गौतम, सह-कोषध्याक्षमा अम्बिका केसी निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरूमा सुमित्रा अधिकारी, इन्दिरा अधिकारी, जमुना आचार्य, सानुकाजी गिरी, कोपिला खतिवडा, कविता वन चयन हुनु भएको छ ।
लामो समयदेखि समाज सेवा तल्लिन रहँदै आउनु भएका वनले उक्त कार्यक्रममा सम्बोधन गर्दै संयोजक पदमा निर्वाचित गराउनुहुने सम्पूर्ण सदस्य एवं पदाधिकारीलाई तथा पूर्वसंयोजक तथा केन्द्रीय पदाधिकारीहरूलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्नु भयो । निर्वाचित वन कपन जेसिजको पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।
सन् १९६१ मा दिन ९ मे २८० मा एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको थियो । अधिवक्ता पिटर बेनेन्सनले बेलायतको राजधानी लण्डनमा संस्थाको स्थापना भएको थियो । तत्कालीन समयमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउने दुईजना व्यक्तिलाई बेलायत सरकारले थुनामा राखेपछि बेनेन्सनले आममाफीका विषयमा एक लेख लेखेका थिए ।
त्यससँगै बेलायतसहित विभिन्न युरोपेली देशका राजनीतिक तथा धार्मिक बन्दीका पक्षमा अपिल फर एम्नेस्टी (आममाफी) अभियान सुरु भयो इतिहास । उक्त अभियानका क्रममा मानव अधिकारको वकालत गर्नेगरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको हो । संस्थाको विस्तारलाई अन्य देशले पनि मान्यता दिन थालेपछि राष्ट्रसंघ, युनेस्को, युरोपेली संघलगायतले एम्नेस्टीलाई सल्लाहकार राखेका थिए ।
यो विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था रहेको छ । हाल १ सय ५० देशमा क्रियाशील रहेको रहेको संस्था हो भने जसमा विश्वका एक करोडभन्दा बढी अभियन्ता जोडिएको जनाइएको सो संस्थाले दाबी गरेको छ । नेपालमा भने सन् १९७९ मा एम्नेस्टी सुरु भएको थियो । तर १९८२ मा यसको मान्यता खारेज गरिएको थियो । तर नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि सन् १९९० मा पुनःस्थापित भएको संस्था हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच