
काठमाडौं । यस वर्षको न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड्स कार्यक्रम देशभरिबाट छानिएका विभिन्न १२ जना उद्यमशील महिलालाई सम्मान र पुरस्कार प्रदान गर्दै काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा महिलाको व्यावसायिक नेतृत्वलाई सवलीकरण विषयमा विज्ञबीच प्यानल छलफल पनि भएको थियो । न्यु बिजनेस एजले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको सहयोगमा आयोजित बिजनेस वुमन समिटमा नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा सार्वजनिक तथा निजी क्षेत्रका करिब चार सयभन्दा बढी विभिन्न उच्चस्तरीय व्यक्तित्वको उपस्थिति थियो । व्यावसायिक महिलामा केन्द्रित न्यु बिजनेस एजले सन् २०२१ देखि वार्षिक रूपमा कार्यक्रम गर्दै आएको छ, जसमा कन्क्लेभ एण्ड कम्पनी अवार्ड्स, स्टार्टअप समिट एण्ड अवार्ड्स र बिजनेस स्कुल रेटिङ ¥यांकिङ एण्ड अवार्ड्स वार्षिक रूपमा आयोजना हुँदै आएको आयोजकले जनाएको छ । यस वर्षको बिजनेस वुमन समिट एण्ड अवार्ड्स कार्यक्रमको तयारीका रूपमा बुटवल र नेपालगञ्जमा विद्यमान तथा इच्छुक महिला उद्यमीलाई वित्तीय साक्षरता तथा उद्यमशीलता तालिम कार्यक्रम पनि गरिएको थियो जसमा करिब तीन सय महिला उद्यमीको सहभागिता थियो ।
यसपटकको कार्यक्रममा महिलाको व्यावसायिक नेतृत्व सवलीकरण विषयमा विज्ञबीच भएको प्यानल छलफलमा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव महेश भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ, इम्पाक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणाले व्यावसायिक नेतृत्वमा महिलाको हालको स्थिति र आगामी कार्यबारे धारणा राखेका थिए । प्यानल छलफलको सहजीकरण स्टार्टअप डिस्कभरी एसियाकी सहसंस्थापक तथा कार्यक्रम प्रमुख समानता थापाले गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो भाग न्युबिज बिजनेस वुमन अवार्ड्स सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधानले प्रदान गर्नुभएको थियो । नेपाल नटक्राफ्ट सेन्टरकी संस्थापक श्यामवदन श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरसिपबाट सम्मानित हुनुभएको छ भने किसान इन्नोभेसन हबकी संस्थापक मौसमी श्रेष्ठल बेष्ट वुमन आन्त्रप्रेनर सम्मान, इनड्राइभकी डाइरेक्टर रीता पोखरेल प्रोफेसनल वुमल अफ एक्सेलेन्स सम्मान, एडुकेसकी सहसंस्थापक वेदिका मुरारका पायोनियरिङ सोसल आन्त्रप्रेनरका रूपमा तथा फिनटेक कम्पनी एलोइकी सहसंस्थापक सोनिका मानन्धर वुमन इन टेकका रूपमा सम्मानित भएका आयोजकले जनाएको छ । सातै प्रदेशका एक-एकजना उत्कृष्ट महिला उद्यमीलाई पनि इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ द इयरका रूपमा सम्मान तथा जनही ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । यसरी सम्मान पाउनेमा ग्रिन माउन्टेन कृषि फर्म डडेल्धुराकी सावित्री ओझा, श्रमजीवी मसला उद्योग सुर्खेतकी भूमिसरा टमाटा, बाँके पोल्ट्री फार्म बाँकेकी गीताकुमारी कोइरी मौर्य, कर्णाली गार्मेन्ट उद्योग कास्कीकी गीता नाथ, बेला कासा काठमाडौंकी सपना सापकोटा, सुनैना आटर््स धनुषाकी सुनैना ठाकुर र चन्दन फाइबर उद्योग ताप्लेजुङकी माया गुरुङ रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच