
काठमाडाैं । संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ ।
राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल शुरु गरेको हो । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानूनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गरेका छौं । प्रतिनिधि सभाबाट संशोधनसहित राष्ट्रिय सभामा सन्देशसहित आएको छ । यसलाई छलफल गर्न सजिलो होस भनेर हामीले सुरुवात गरेका छौं । यो अभिलेख फेरी हाम्रा समितिसँग अन्तरसम्बन्धित पनि छ । ’
बैठकमा समितिका सदस्यहरुले अभिलेख संरक्षण ऐनलाई समयानुकुल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलवार (भोलि) बिहान साँढे १० बजे बस्नेगरी बोलाइएको छ । बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच