अनाथको लागि ‘साझा सेवा घर’ सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 2 mins

सरोज निरौला, उदयपुर । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं बेवारिसे व्यक्तिहरुको उद्धार गरी संरक्षण गर्ने उद्देश्यले उदयपुरको गाईघाटमा साझा सेवा घर सञ्चालनमा आएको छ ।

उदयपुर जिल्लालाई सडक मानवरहित बनाउने उद्देश्यसहित मानव कल्याण स्वरुप(साझा सेवा घर) सञ्चालनमा ल्याइएको हो । त्रियुगा नगरपालिका ११ स्थित गाईघाटमा एक कार्यक्रम गर्दै सञ्चालनमा ल्याइएको साझा सेवा घरमा कष्टकर जीवन बिताउन बाध्य भएका ३ बालबालिकालाई संरक्षण दिइएको छ ।

सडकमा जीवन बिताउन बाध्य अशक्त र असहायहरुलाई उद्धार गरी केही पछि घरपरिवारमा पुनःस्थापना समेत गर्न सकिने साझा सेवा घरकी अध्यक्ष गीता खड्काले बताउनुभयो । उद्धार गरिएका व्यक्तिहरुलाई सेवा घरमा गास, बास, कपाससँगै शिक्षा र स्वास्थ्य औषधोपचारको व्यवस्था गरिएको छ ।

संस्थाको आफ्नै भवन नहुँदा सेवा घरमा आश्रय लिइरहेका व्यक्तिहरुलाई व्यवस्थित बनाउन अप्ठ्यारो रहेको तर निकट भविष्यमा आफ्नै भवन बनाएर सेवा दिने खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार, त्रियुगा नगरपालिका सेवा घरका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने भएको छ ।

सेवा घर सञ्चालन कार्यक्रमको उद्घाटन कार्यक्रममा त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले मानवीय सेवाको कार्यमा सवैले सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?