३१औं राष्ट्रिय कविता महोत्सव हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कवि विमल गुरुङको ५१औं जन्मजयन्तीका अवसरमा आयोजना हुने ३१औं राष्ट्रिय कविता महोत्सव-२०७९ का लागि कविता आहृवान गरिएको छ । कात्तिक १९ गतेका दिन आयोजना हुने महोत्वसवमा दुई लाखको विमल गुरुङ कृति पुरस्कार पनि एक पुस्तकलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कविता विद्युतीय, छापा तथा कुनै माध्यममा प्रकाशित नभएको, दुई सय शब्दसम्मको आफ्नो मौलिक कविता हुनुपर्ने जानकारी दिएको छ । कविता प्रीति फन्टमा कम्प्युटर टाइप गरी कात्तिक ७ गतेभित्र पुग्ने गरी सम्बन्धित ठेगानामा पठाउनुपर्ने पनि आयोजकले जनाएको छ ।

कविताको प्रथम पुरस्कार २१ हजार, द्वितीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ११ हजारका साथै सान्तवना १० हजार रुपैयाँ रहेको छ । कविता पूर्णबहादुर गुरुङ (अध्यक्ष) मोबाइल नम्बर ९८४२२५९८२५ अथवा फोन नम्बर ०२५-५२८०९६ विमल गुरुङ स्मृति पुस्तकालय धरान १८, बुद्धचोक, सुनसरी, नेपालमा सम्पर्क गरी पठाउन सकिनेछ भने इमेल पनि गर्न सकिने छ ।

०२८ साल कात्तिक १९ गते जन्मिनु भएका विमलको ०४८ वैशाख २४ गते सडक दुर्घटनामा परी निधन भएको थियो । एक्लो कवि, पत्रकार छोराको निधनपछि पूर्वब्रिटिश गोर्खा सैनिक बाबु पूर्णबहादुर, आमा सरस्वती र बहिनी शान्तिले धरान-१८ बुद्धचोकमा कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापना गरेर हरेक वर्ष राष्ट्रिय युवा कविता महोत्सव आयोजना गर्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?