काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तस्करी मौलाउँदै गएपछि राजश्व कम उठेको बताउनुभएको छ ।
सुन तस्करी प्रकरणको चर्चा परिचर्चा भइरहेको बेला एमाले महासचिव पोखरेलले सो आरोप लगाउनुभएको हो ।
‘यतिवेला अस्वभाविक रुपमा राजश्व कम उठ्नुको कारण सरकारले वैधानिक अर्थतन्त्रलाई कमजोर बनाउँदै नियोजित रुपमा तस्करतन्त्र र दलाल नोकरशाही पूँजीवादलाई संरक्षण गर्नुको परिणाम हो, सरकारको गलत आर्थिक नीति र राजश्व प्रशासनमा गरिएको दुरुपयोगका कारणले राजश्वमा कमी आउँदा पूँजीगत खर्च कम हुन गै समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न गएको छ र मुलुक आर्थिक मन्दीको चपेटामा प्रवेश गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, सरकार अर्थतन्त्रलाई कमजोर बनाउने कुकर्मलाई सुधार्ने पक्षमा अझै गम्भीर देखिएको छैन । यसप्रति सबै सरोकार पक्षको ध्यान जानु पर्दछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच