
काठमाडौं । देशभर ३८.६ प्रतिशत रोपाइँ भएको छ । आइतबारसम्म सातै प्रदेशमा कुल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । कृषि विभागका अनुसार सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४.२ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा २५.५ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ३४.४ प्रतिशत, बागमती प्रदेशमा २५.५ प्रतिशत, गण्डकी प्रदेशमा ४९.७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत र कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
देशभर रोपाइँ हुने क्षेत्रफल कुल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेकोमा सबैभन्दा धेरै मधेशमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर रहेको छ । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर छ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल अर्थात् ४२.९ प्रतिशत रोपाइँ भएको थियो ।
नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको छ । माग भने ६२ लाख मेट्रिकटन रहेको छ । यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच