
काठमाडौं । नेपाली युवा महिला भलिबल टोलीले माल्दिभ्सको मालेमा हुने काभा महिला यू-२० च्याम्पियनसिपको पहिलो खेल श्रीलंकाविरुद्ध खेल्ने भएको छ । साउन ३ गते हुने दिनको दोस्रो खेलमा नेपालले राती सबा ९ बजे खेल्ने तालिका छ । आगामी साउन ३ गतेदेखि हुने च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्स र कीर्गिस्तान खेल्नेछन् ।
राउण्ड रोविनको दोस्रो खेलमा नेपालले साउन ४ गते कीर्गिस्तानसँग खेल्नेछ । सो खेल राती साढे ८ बजे हुनेछ । अन्तिम खेल साउन ५ गते बिहीबार आयोजक माल्दिभ्ससँग अपराहृन ४ बजे खेल्ने तालिका छ ।
च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, किर्गिस्तान र श्रीलंका छन् । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो स्थानमा रहने टोली र दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । यसको विजेताले फाइनल खेल्नेछन् । काभाका लागि नेपाली टोली अहिले प्रशिक्षणमा व्यस्त छ । नेपाली टोली अर्को साता माल्दिभ्स प्रस्थान गर्नेछ ।
काभाका लागि नेपाली टिममा सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री रहनुभएको छ ।
नेपाल भलिबल संघले पहिलोपटक यू-२० टिम बनाएर अन्तर्राष्ट्रिय उमेर समूहको प्रतियोगितामा खेल्न लाग्दा खेलाडीसँगै प्रशिक्षक संघ र समग्र नेपाली भलिबल नै उत्साहित छ । भलिबल संघले सहाना प्रधान पाउण्डेसनसँग मिलेर सहाना प्रधान यू–१९ भलिबल आयोजना गरेको थियो । त्यसैबाट यू–२० राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिएको हो । उक्त प्रतियोगिता सकिनेबित्तिकै संघले खेलाडी छनोट गरेर काभा यू–२० का लागि तयारी सुरु गरेको थियो ।
प्रशिक्षक कुमार राईले प्रशिक्षणको समय अवधि अझ बढी भएको भए राम्रो हुने बताउनुभयो । नेपाली टिमको कप्तान रहनुभएकी जेनिशा विश्वकर्माले काभा च्याम्पियनसिप खेल्न पाउनु ठूलो अवसर रहेको बताउनुभयो । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द पछिल्लो समय नेपालमा भलिबलका गतिविधिहरू बढिरहेको भन्दै भलिबलमा राम्रो दिन आइरहेको बताउनुहुन्छ ।
यू-२० को १२ सदस्यीय नेपाली टोली एकै टिममा खेलेका खेलाडीहरू छन् । जसमा न्यू डायमण्डबाट सँगै खेल्दै आएका ६ खेलाडी छन् । उनीहरूले सहाना प्रधान भलिबलमा बागमती प्रदेशको प्रतिनिधित्व गरेका थिए । यस्तै, एभरेष्ट भलिबल क्लबबाट सँगै खेलेका चार खेलाडीले लुम्बिनी प्रदेशबाट खेलेका थिए । यसबाहेक गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-एक खेलाडी छन् । उनीहरू पुलिस र आर्मीबाट घरेलु भलिबल खेल्ने गर्छन् ।
पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको यू-२० टिमले उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच