काठमाडौं । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले हस्ताक्षर गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिको संयोजन, काठमाडौं जिल्लाका ११ वटै पालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगबाट खेलाडीको वरीयता निर्धारण पनि गरिने भएको छ । ‘बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक तीन/तीन महिनामा सञ्चालन हुनेछ । पहिलो लिग भदौ, दोस्रो मंसिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुनेछ ।
लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६-५०, ५०-५४, ५४-५८, ५८-६३ र ६३-६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०-४३, ४३-४६, ४६-४९, ४९-५३ र ५३-५७ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले सात अंक र तेस्रो हुनेले तीन अंक पाउनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच