गुल्मी । गुल्मीमा कृषि उत्पादन, बजार प्रवर्द्धन र उत्पादित वस्तुको विक्रि वितरण प्रणाली सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार यस जिल्लाका व्यवसायिक कृषकहरुसँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।
कृषिमा युवाहरु प्रवेश नभएसम्म यसलाई दिगो बनाउन नसकिने भन्दै वैदेशिक रोजगारी, बसाइँसराइका कारण कृषिमा आकर्षण गर्न नसकिएको उहाँले बताउनुभयो । वैदेशिक रोजगारभन्दा कृषि सुरक्षित छ भनेर विश्वास दिलाउन नसक्नु पनि युवाहरु कृषिमा आकर्षित नभएको भन्दै स्थानीयतहरुले युवाहरुलाई कृषिमा आकर्षित गराउनतर्फ सबै लाग्नुपर्ने कार्यालय प्रमुख भण्डारीले बताउनुभयो ।
कृषिमा पछिल्लो समय उत्पादनमा सुधार हुँदै गएपनि यसलाई दिगोपना राख्नु चुनौतिको विषय भएको भन्दै उहाँले त्यसअवसरमा प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार यस जिल्लामा उत्पादन भएका ४० करोड बढीको कृषिउपज निर्यात भएको छ । तरकारी, सुन्तला, कफी, मह, किबी, मसिनो चामल, आलु, उखु, कोदो र अन्य रैथानेबाली ४० करोड ६७ लाख १० हजार रुपियाँ बराबरको निर्यात भएको बताउनुभयो ।
त्यस अवसरमा जिल्ला सहकारी संघका उपाध्यक्ष सोमनाथ सापकोटाले कृषकहरुलाई व्यवसायिक बनाइ बाँझो जग्गालाई उपयोगमा ल्याउन पालिकाहरुले जग्गा वर्गीकरण गरी तालिम र सीपको माग गर्न सुझाव दिनुभयो । उहाँले प्रविधि र बीउ पलमा अनुदानको आवश्यकता रहेको र ब्याज बिना ऋणको व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । राज्यले कृषकलाई प्रवाह गरेको ऋणको सहि प्रयोग भएरनभएको अनुगमन गरी कृषकले उत्पादन गरेको कृषि उपजको बजारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी सिर्जना मिश्रले राज्यका विभिन्न निकायहरुले कृषकहरुको लागि विभिन्न सहयोग गर्दै आइरहेको बताउनुभयो । छलफल तथा अन्तरक्रियामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रमुख गंगाकुमारी पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापा लगायतका जिल्लाका व्यवसायिक कृषकहरुसँग समसामयिक विषयमा छलफल गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच