काठमाडौं । इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई ‘पवन आलोक नियात्रा’ पुरस्कार समर्पण गरिएको छ । बुधबार काठमाडौंमा नियात्रा समाज नेपालले एक कार्यक्रमबीच उहाँलाई उक्त पुरस्कार अर्पण गरेको हो । आख्यानकार भागीरथी श्रेष्ठ, प्रतीक ढकाल लगायतले नगद राशि २५ हजारसहित उक्त पुरस्कार भट्टराईलाई अर्पण गर्नुभएको थियो । यो पुरस्कारको स्थापना रेखा कँडेलले गर्नुभएको हो ।
पुरस्कार छनौट समितिका सदस्य श्रीओम श्रेष्ठ रोदनले भट्टराईको ‘मिसर’ नियात्राको सिद्धान्त र मापदण्डभित्र रहेको उल्लेख गर्नुभयो भने भागीरथी श्रेष्ठले नियात्रामा कला पक्ष सुन्दर रहेको चर्चा गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व भट्टराईले आफूले पाठकको माया पाएको सुनाउनुभयो ।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई र अध्यक्ष प्रतीक ढकालले २०७१ सालको सरस्वती पूजाकै दिन समाजको स्थापना गरेको प्रसंग उठाउँदै संस्थाका कामहरूका बारेमा चर्चा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच