
काठमाडौं । नयाँ सरकार गठनसँगै सेयर बजारमा देखिएको उत्साहजनक वृद्धिले निरन्तरता पाएको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनको कारोबारमा मंगलबार ७० अंकले बढेको सेयर बजार बुधबार ५४ अंकले बढेर २३६४ अंकमा पुगेको छ ।
यस दिन १२ अर्ब पाँच करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ, जुन कारोबार झण्डै विगत तीन वर्षतयताकै उच्च हो । २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको सेयर कारोबार भएको थियो । अघिल्लो दिन मंगलबार नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यस दिन १३ वटै समूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ भने वित्त र होटल तथा पर्यटन समूहको परिसूचक साढे पाँच प्रतिशत बढेको छ । विकास बैंक समूहको परिसूचक पनि पाँच प्रतिशतभन्दा बढी बढेको छ ।
सेन्ट्रल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसको सेयरमूल्य ५४ रुपैयाँ ९० पैसा बढेर छ सय तीन रुपैयाँमा कारोबार भएको हो । सिंगटी हाइड्रो इनर्जी, आँखुखोला जलविद्युत् कम्पनी, मन्दाकिनी हाइड्रोपावरलगायतका कम्पनीको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ । तर, सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य भने सर्वाधिक ९.९० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सिंगटी हाइड्रोको २३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको करिब २३ करोडको कारोबार भएको छ । सोनापुर मिनरल्स एण्ड आयल र हिमाल दोलखा हाइड्रोपावरको कारोबार रकम २० करोड नाघेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच