
स्याङ्जा । स्याङ्जा जिल्ला अदालतमा २०८०–८१ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अन्य अंश मानाचामल, लेनदेन, घरेलु हिंसा आदिभन्दा सम्बन्ध विच्छेदका मुद्दा निकै गुणा बढी छन् । २०८०/८१ को रेकर्ड अनुसार जिल्ला अदालतमा नयाँ दर्ता भएका जम्मा ९५२ मुद्दामध्ये सम्बन्ध विच्छेदका मात्र ४६५ मुद्दा छन् ।
यसमध्ये पनि सबैभन्दा बढी महिला वादी भएका मुद्दा रहेका छन् । सम्बन्ध विच्छेदका मुद्दामध्ये पनि महिला वादी भएका मुद्दाको सङख्या ४४२ रहेको छ भने पुरुष वादी भएको मुद्दा ४४२ मात्र रहेको छ ।
त्यस्तै वैवाहिक सम्बन्धको अन्त्य सम्बन्धी मुद्दाको सङख्या ८५ रहेको छ भने तीमध्ये पुरुष वादी भएका मुद्दा जम्मा ३८ र महिला वादी रहेका मुद्दा ४७ रहेका छन् । स्याङ्जा जिल्ला अदालतमा नयाँ दर्ता भएका जम्मा ९५२ मुद्दामध्ये सम्बन्ध विच्छेदकोमात्र ४६५ अर्थात् ५७ प्रतिशत मुद्दा रहेको जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभएको छ ।
सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा वैदेशिक रोजगारी प्रमुख कारण रहेको छ बताइएको छ । ‘श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमतीप्रति उसको विश्वास घट्नु तथा विदेशी भूमिमा रहेको श्रीमानप्रति श्रीमतीको अविश्वास रहनु तथा सामाजिक र आर्थिक कारणले पनि सम्बन्ध विच्छेद बढेको देखिन्छ ।’ स्रेस्तेदार शर्माले भन्नुभयो ।
उहाँका अनुसार बेलायतमा जाने दम्पत्तिले पनि उहाँको कानुन अनुसार विवाह गरेको अवस्थामा सेवा सुविधाबाट वञ्चित हुनुपर्ने भएकाले कतिपय त्यस्ता सम्बन्ध विच्छेदका निवेदनहरु पनि आउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच