काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरु हुने भएको छ । कार्यक्रम विद्यार्थीको मार्केटिङ तथा आन्ट्रप्रेनर्सिपको ज्ञान र व्यावहारिकताबीचको दूरी कम गर्न डिजाइन गरिएको हो ।
फुडमाण्डुले यसभन्दा अघि सफलतापूर्वक दुईवटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्ट महिनाभर सञ्चालन गर्ने योजना रहेको जनाएको छ । फुडमाण्डुकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भन्नुभयो, ‘हामी यस कार्यक्रममार्फत् युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ । यस कार्यक्रममार्फत् हामीले विद्यार्थीलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौँ ।’ कम्पनीका अनुसार एक महिनासम्म चल्ने स्टुडेन्ट अप्रेन्टिसमा सहभागी विद्यार्थी हप्ताको तीन दिन फुडमाण्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् ।
उक्त समयमा विद्यार्थीले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रियासम्बन्धी व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् । कार्यक्रमको अघिल्लो संस्करणमा फुडमाण्डु टिमको सुपरीवेक्षण र निर्देशनमा विद्यार्थीले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच