
बैतडी । बैतडीका स्थानीय तहबाट गत आर्थिक वर्षमा २५ करोड बढी रकम फिर्ता भएको छ । स्थानीय तहमा सशर्त, समपुरक र बिशेष अनुदान अन्तर्गत प्राप्त भएको रकम मध्ये गत आर्थिक बर्षमा २५ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ खर्च नभएर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा बैतडीका १० ओटै स्थानीय तहमा २ अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६४८ रुपैयाँ बजेट आएकोमा २ अर्ब ५८ करोड ३१ लाख ६३ हजार २७८ रुपैयाँ खर्च भएको छ । जिल्लाको पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार २३४ रुपैयाँ प्राप्त भएकोमा ४ करोड ७७ लाख ८३ हजार ११० रुपैयाँ फिर्ता भएको छ ।
जिल्लाको दशरथचन्द नगरपालिकामा गत आर्थिक बर्षमा ४० करोड २४ लाख १८ हजार ९६० रुपैयाँ बजेट प्राप्त भएकोमा २ करोड ९९ लाख २४ हजार ७२५ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । पुर्चौंडी नगरपालिकाको ३८ करोड २९ लाख ३३ हजार ९३० रुपैयाँ बजेटबाट ९० लाख १५ हजार ५२६ रुपैयाँ फिर्ता भएको छ ।
मेलौली नगरपालिकाले २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँमध्ये २ करोड ७२ लाख ७० हजार ६४० रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिनुभयो ।
डिलाशैनी गाउँपालिकाले २४ करोड ५५ लाख ९९ हजार १४३ रुपैयाँ बजेटमध्ये गत आर्थिक बर्षमा ६८ लाख ७२ हजार २८२ रुपैयाँ फिर्ता भएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाको ३० करोड २० लाख ८१ हजार २९३ रुपैयाँमध्ये ३ करोड ५४ लाख ९९ हजार ७५८ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ ।
पञ्चेश्वर गाउँपालिकाको २० करोड २४ लाख ८८ हजार ९५ रुपैयाँ बजेटमध्ये गत आर्थिक बर्षमा १ करोड ९८ लाख ५० हजार ३६० रुपैयाँ खर्च नहुँदा फिर्ता भएको छ । गत आर्थिक बर्षमा शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार ३५१ रुपैयाँ बजेटमध्ये ३ करोड २९ लाख ३४ हजार ७५६ रुपैयाँ फिर्ता भएको छ ।
सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार ५ सय रुपैयाँ बजेटमध्ये खर्च हुन नसकेर १ करोड ५५ लाख ६ हजार ४६९ रुपैयाँ फिर्ता भएको छ । यस्तै जिल्लाको सुर्नया गाउँपालिकाबाट गत आर्थिक बर्षमा २३ करोड ९२ लाख १० हजार ६१६ रुपैयाँमध्ये २ करोड ७५ लाख ३६ हजार ७३९ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ ।
बिगतको बर्षको तुलनामा स्थानीय तहहरुले खर्चको आकारण बढाएपनि कर्मचारी अभाव र मौसमको प्रतिकुलताका कारण सतप्रतिशत खर्च गर्न नसकिएको बताएका छन् ।
सरकारी कार्यालयहरुबाट ८७ करोड बढी रकम फिर्ता
यसैगरी गत आर्थिक बर्षमा संघ र प्रदेश सरकार मातहतका कार्यालयबाट पनि ८७ करोड बढी रकम फिर्ता भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट खर्च हुन नसकेर गत आर्थिक बर्ष २०८०/८१ मा ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
गत आर्थिक बर्षमा बैतडीमा संघीय कार्यालयहरुले ६ अर्ब ६७ करोड ७० लाख ४० हजार ३ सय ९३ रुपैयाँ प्राप्त गरेका थिए । सो बजेट मध्ये संघीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ फिर्ता भएको लेखापाल भट्टले बताउनु भयाे ।
यस्तै प्रदेशका कार्यालयहरुमा गत आर्थिक बर्षमा २ अर्ब ५५ करोड ९ लाख ८६ हजार ७४३ रुपैयाँ बजेट आएको थियो । प्रदेशका कार्यालयहरुबाट ४४ करोड ६५ लाख १६ हजार ४९७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच