भनिन्छ, गुरुः ब्रहृमा, गुरुर्विष्णु, गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परम्ब्रहृमः र तस्मै श्री गुरवे नमः । हाम्रो सनातन परम्पराले गुरुलाई ब्रहृमा, विष्णु, महेश्वर अर्थात् साक्षात् परब्रहृमा परमेश्वरको स्थान दिएर पुजेको छ । यसरी भगवान्, माता–पिता तथा गुरुको वचन सदा शुभ हुन्छ । त्यसैले पौराणिक प्रसङ्गमा राम, कृष्णजस्ता भगवानले पनि गुरु-चरण स्पर्श गर्दै गुरु-आज्ञा शिरोपर गरेको देखिन्छ । हरेक आषाढ शुक्लपूर्णिमा अर्थात् गुरु पूर्णिमाका दिन परम गुरु वेदव्यासको जन्म भएको थियो । फलतः वेदव्यास गुरुका पनि गुरु हुन् । वेदव्यासले धेरै ऋषिमुनिहरूलाई शिक्षा दिएर परम गुरु बनाएका थिए । यो संसारको सृष्टिदेखि नै वेदव्यासबाटै ज्ञान लिएका जति पनि ऋषिहरू छन् । उनीहरू सबै कहलिएका गुरु भएर गुरुकुल सञ्चालन गरिरहेका थिए ।
यसै कारणले गर्दा गुरु पूर्णिमालाई व्यास पूजाको पर्वको रूपमा पनि मान्ने गरिन्छ । सर्वप्रथम व्यास ऋषिले सामवेद, यजुर्वेद र अथर्ववेद नामक चार वेद र १८ पुराण लेखेर लोक कल्याणको कार्य गरेका थिए । वेद लेखेका हुनाले नै व्यास ऋषिको नाम वेदव्यास हुन गएको हो । स्मरण रहोस्, वेदव्यासको जन्म पराशर ऋषि र मत्स्यगन्धाबाट भएको हो । मत्स्यगन्धा एउटा माझीकी छोरी हुन् । दिनहुँ डुंगा चलाएर माछा मारेर जीविका चलाइरहेका उक्त माझी जनजाति मात्र नभई दलित पनि हुन् । अर्थात् हामीले छुन नहुने भनी भेदभाव गरिराखेका जाति हुन् । सोही जातिका छोरी मत्स्यगन्धासँग मोहित भएर पराशर ऋषिले डुंगामै सहवास गरेर व्यास ऋषिको जन्म भएको हो ।
वैदिक युगका सबैभन्दा पहिलो गुरु परम पूजनीय वेदव्यासको जन्म एउटी दलित महिलाबाट भएको हो भने प्रमाणित हुन आएको छ । त्यसैले यो दिन गुरुहरूप्रति अत्यन्तै श्रद्धाभाव राखेर परम गुरु वेदव्यासलाई सम्मानपूर्वक सम्झेर आआफ्ना गुरुलाई आस्थापूर्वक पूजा गरेर मान्ने गर्छन् ।
यसबाट वैदिक युगका सबैभन्दा पहिलो गुरु परम पूजनीय वेदव्यासको जन्म एउटी दलित महिलाबाट भएको हो भने प्रमाणित हुन आएको छ । त्यसैले यो दिन गुरुहरूप्रति अत्यन्तै श्रद्धाभाव राखेर परम गुरु वेदव्यासलाई सम्मानपूर्वक सम्झेर आआफ्ना गुरुलाई आस्थापूर्वक पूजा गरेर मान्ने गर्छन् । यस दिन विभिन्न स्थानमा सत्सङ कार्यक्रम सञ्चालन गरिन्छ भने गुरुहरूलाई निमन्त्रणा गरी श्रद्धा र भक्तिपूर्वक पूजा गरेर उनीहरूको प्रवचन सुन्ने सुनाउने परम्परा पनि छ । यसको साथसाथै धार्मिक शास्त्रमा भने बमोजिम बालबालिकाको पहिलो गुरु मातापिता र बाजेबज्यै हुन् । उनीहरू नै पहिलो गुरु हुन् । उनीहरूबाट सिक्ने कुरा बालमस्तिष्कमा गहिरोसँग टाँसिन्छ । मातापिता नै असल नभई बालबालिकाले असल शिक्षा पाउन सक्तैनन् ।
यो शिक्षा दिन मातापिता पढेकै हुनुपर्छ भन्ने छैन । असल आचरण र व्यवहार जानेको सुसंस्कृत भए पुग्छ । यो वंशज गुणमा निर्भर गर्नेको कुरा हो, पिडी शिक्षा हो । संस्कार गुण केवल एक योनिबाट मात्र निर्माण हुँदैन । यो गोत्रप्रवर, महर्षि, योगी, ज्ञानीदेखि संकलित चरित्रहरूको यौगिक गुण हो तथा अनुस्मिृतिको कुल योग हो । अनुस्मिृति त्यो विज्ञान हो, जसले तपाईंको जन्मजन्ममा गरेका राम्रानराम्रा कामको अभिलेख सन्तुलन हुँदै आउँछ । अपितु रामायण, महाभारत कालमा पनि राजा दशरथका छोराहरू श्रीराम, भरत, लक्ष्मण र शत्रुघन अनि वासुदेव र देवकीका छोरा श्रीकृष्ण र गरिब ब्राहृमण सुदामाले पनि गुरुकुलमा बसेर शास्त्र र शस्त्रको ज्ञान लिएका थिए ।
हामी मनुष्यहरूका गुरु शिक्षक भएजस्तै उसबेलाका देवता र दानवहरूका पनि गुरु थिए । जस्तै, गुरु बृहस्पति, गुरु शुक्राचार्य, गुरु ब्रहृमा, गुरु विष्णु र गुरु महेश्वर । त्यस्तै, रामायण ग्रन्थमा उल्लेख भएअनुसार राजा दशरथका चार छोराहरूका कुलगुरु र अस्त गुरु वशिष्ठ हुन् । राम र लक्ष्मणका विभित्र विद्याका गुरु विश्वामित्र हुन् । लवकुशका धनुर्विद्यालगायत अन्य विद्याका गुरु बाल्मीकि हुन् । कृष्ण चरित्रमा कृष्णका गुरु सान्दिपनी पनि हुन् । महाभारतका भीष्म र द्रोणका गुरु पर्शुराम हुन् भने उनीहरूका कुलगुरु कृपाचार्य हुन् । महाभारतमै पाण्डव र कौरवका गुरु द्रोणाचार्य हुन् । पशुपतिनाथका गुरु दत्तात्रेय हुन् ।
विश्वमा हेर्ने हो भने नाम चलेका धेरै गुरुहरु रहेका छन् । जसमा गौतमबुद्ध, हजरत मुहमद, गुरु नानक जेसस क्राइस्टहरू पनि गुरु हुन् । यी सबैका चेला अनन्त छन् । आचार्य रजनिस, बाल योगेश्वर, राधास्वामी, गुरु गोविन्दसिं, पोपहरू, महावीर वर्धमान, साइबाबा, रामदेव, कृपालुहरू, वैष्णव, वेदान्ती, बौद्ध, जैन, शैव, मुसलमान, पीर र सुफी, इसाई, क्याथोलिक, प्रेटिस्टेन्टहरू सबै गुरुहरू हुन् । यिनीहरू सम्प्रदाय गुरु हुन् । यसमा भिन्न मतले अलमल्लिएका भए पनि गुरु हुन् । गुरुहरू विचार, सिद्धान्त, तर्कदेखि भौतिक समुत्रति, सामाजिक मूल्य र मान्यता संरक्षक र बहसकर्ता पनि हुन् । आजभोलिका शिक्षा गुरु यसै तहमा पर्छन् । हाम्रो शिक्षा भूगोल, इतिहास, गणित, समाजशास्त्र जुनसुकै विषयको ज्ञान गुरुबाट प्राप्त हुन्छ र मास्टर्स, पिएचडी गर्दासम्म पनि गुरुको महत्वपूर्ण भूमिका रहने गर्छ ।
गुरु नै एउटा त्यस्तो व्यक्ति हो जसले अज्ञानताबाट ज्ञान अर्थात् जानकारीतिर लग्न महत्वपूर्ण भूमिका खेल्छ । अतः संसारभरका सबै जाति, सबै सम्प्रदाय, उपसम्प्रदाय र सभ्यताका मानिसका आफ्नै गुरुहरू छन् । तर ओमकार परिवारका सम्प्रदाय र त्यसबाहिरका यी सम्प्रदायमा ठूलो अन्तर छ ।
त्यसैले नै मानव सभ्यतामा गुरु र शिष्यको महत्वपूर्ण सम्बन्ध बन्यो । यसरी ९९ प्रतिशत मानिसलाई जीवन र संसारको सिकाइमा गुरुको आवश्यकता रहन्छ । त्यसैको परिणाम हो विश्वभरमा शिक्षाको भौतिक प्रगति, यो पहिलो स्तरको गुरु र चेलाको सम्बन्ध हुन आउँछ । गुरु नै एउटा त्यस्तो व्यक्ति हो जसले अज्ञानताबाट ज्ञान अर्थात् जानकारीतिर लग्न महत्वपूर्ण भूमिका खेल्छ । अतः संसारभरका सबै जाति, सबै सम्प्रदाय, उपसम्प्रदाय र सभ्यताका मानिसका आफ्नै गुरुहरू छन् । तर ओमकार परिवारका सम्प्रदाय र त्यसबाहिरका यी सम्प्रदायमा ठूलो अन्तर छ । ओमकार बाहिरकाले विश्वलाई वसुधैव कुटुम्बकम् मान्छन् भने बाहिरकाले विभेद गरेर गलत कामलाई सघाएका छन् । सबै सही विद्वानले असल र खराब छुट्ट्याउने र पारख राख्ने बेला आएको छ ।
देशका आजका विद्यालयका गुरुलाई पनि गुरुधर्म र विद्यार्थीलाई पनि शिक्षा धर्म सिकाउने बेला आएको छ । यस गुरुबारे ओशो भन्नुहुन्छ- गुरुले माटोमुनि पुरिएको बीज अङ्करित गराएर फल दिने वृक्ष बनाइदिन्छ । अर्थात् जो संसारमा अड्केको र भड्केको छ त्यसलाई प्रेम र ध्यानको मार्गद्वारा जीवन र जगतको ज्ञान दिन सक्ने एकमात्र व्यक्ति गुरु हो । गुरुले धेरै अन्योल र अज्ञानतामा रुमलिएको व्यक्तिलाई ज्ञानको ढोका खोल्ने साँचो प्रदान गछर्र गुरु ग्राबिटेसन हो अर्थात् गुरु त्यो आकर्षण हो जब तिमी गुरुको नजिक हुन्छौ तब तिमी विस्तारै आफ्नोे नजिक हुने गर्छौ । जब तिमी आफ्नो नजिक हुन्छौ तिमी परनिर्भर हुन्छौ । जति परनिर्भर हुने कला सिक्छौ तिमी त्यति नै भयमुक्त र स्वतन्त्र हुन्छौ ।
व्यक्ति जब संसार र कुण्ठाबाट मुक्त हुन्छ तब स्वयंभित्र डुब्ने फुर्सद पाउँछ । गुरुले अव्यवस्थित जीवन र अस्वस्थ मनस्थितिलाई रूपान्तरण गरेर सकारात्मक जीवन पद्धतिमा लैजान मद्दत गर्छ । समग्रमा भन्नुपर्दा गुरुहरू भनेको महतत्वका बोधक, आत्मतत्वका मार्गदर्शक हुन् । जसरी ईश्वरले शरीर निर्माण, परिचालनसँगै उसमा केही गुण र आधारभूत ज्ञान दिएर जन्म दिन्छन् । त्यसै गरेर गुरुले मानव शरीर निखार्ने काम गरेकाले ईश्वरको अर्को रूपमा मानिन्छन्, पुजिन्छन् ।
फलतः गुरुले नै चेतनतत्वको ज्ञान दिन्छन् तथा मानिसभित्र रहेका अल्पज्ञता, अशुद्धता, अज्ञानता, अचेतनता हटाएर ठोस व्यक्तित्व बनाउने माध्यमको रूपमा काम गर्छन् । कुनै मानिसले सांसारिक दुःखबाट मुक्ति पाउने इच्छा राख्छ भने ऊ यस्ता गुरुमा मात्र समर्पित हुनुपर्छ । त्यसरी नै शिष्यहरूले आफूलाई मन्त्र सुनाउने, वेदशास्त्र पढाउने, असल शिक्षादीक्षा दिने गुरुलाई दिनदिनै त्रिदेव ब्रहृमा, विष्णु, महेश्वरका रूपमा स्मरण गरेर प्रणाम गर्नुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच