
काठमाडाैं । प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र शुरु गरिएका कामहरु सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले अहिले संधै काम भइरहेको हुने तर कहिल्यै नसकिने अवस्थाको अन्त्य गरिने बताउनु भयो ।
उहाँले विकासका मामिलामा देखिएको अनुशासन हिन्ताको अन्त्य गर्ने बताउनु भयो । उहाँले सरकार काम भइरहको छ भन्न नभइ थालिएको काम सकियो भनेर सुनाउन आतुर रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले थालिएको काम समयमा सम्पन्न गर्न क्षमता अभिवृद्धि गर्ने बताउनु भयो । उहाँले मन्त्रालयगत कार्य प्रगतिको मूल्याङ्कन गर्ने व्यवस्था र पुँजीगत खर्च वृद्धि गर्ने बताउनु भयो ।
उहाँले ताकिएको लागत समय परिणाम र गुणस्तरको काम सम्पन्न नगर्नेलाई कानून अनुसार जिम्मेवार बनाउने र जिम्मेवार नभए कारबाही गर्ने बताउनु भयो । उहाँले परियोजनाहरुको लागत वृद्धि हुन नदिने बताउनु भयो । उहाँले आयोजना ठेक्काको दुरुपयोग गर्नेबाट हानी नोक्शानी असुल उपर गरिने बताउनु भयो । प्रधानमन्त्री ओलीले आवश्यक ऐन संशोधन सहित नीतिगत सुधार गर्ने बताउनु भयो ।
उहाँले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरुका समस्या तत्काल समाधान गर्ने बताउनु भयो । उहाँले अन्य देशहरु व्यापार गरेका छन् हामी किन्ने मात्रै भएकाले उत्पादन वृद्धि गरी व्यापार गर्ने सरकारको प्राथमिकता रहेको बताउनु भयो ।
उहाँले व्यवसायीमैत्री वातावरण बनाउने बताउनु भयो । उहाँले अर्थमन्त्रालयको समन्वयमा उद्योग तथा वाणिज्य मन्त्रालयले तीन महिनाभित्र स्पष्ट मार्गचित्र तयार पार्ने बताउनु भयो ।
उहाँले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताउनु भयो । उहाँल कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउने बताउनु भयो ।
उहाँले भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने बताउनु भयो । उहाँले सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने बताउनु भयो । उहाँले जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने बताउनु भयो । उहाँले सुशानको लागि स्टण्ड नभएर सही विचार चाहिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानूनी कारबाही अघि बढाउँछौं । भ्रष्टाचार एक दिन कानूनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौं । सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने छौं । जो कोही भएपनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने छौं । सशुासनको लागि स्टण्ड होइन सही इन्टेन्सन चाहिन्छ । सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने छैन ।’
उहाँले सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच