
काठमाडौं । स्कटल्याण्डका तीव्र गतिका बलर चार्ली कैसलले डेब्यु खेलमै सात विकेट लिँदै कीर्तिमान राख्नुभएको छ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा उहाँले सात विकेट लिनुभएको हो ।
उहाँले कसिलो बलिङ गरेसँगै ओमान २१.४ ओभरमा ९१ रनमै समेटिएको थियो । ९२ रनको सामान्य लक्ष्य पाएको स्कटल्याण्ड आठ विकेटले विजयी भयो ।
उहाँले ५.४ ओभरमा २१ रन खर्चेर सात विकेट लिनुभयो । यसअघि यो कीर्तिमान दक्षिण अफ्रिकाका कागिसो रवाडाको नाममा थियो । रवाडाले सन् २०१५ मा बंगलादेशविरूद्ध आफ्नो डेब्यु खेलमा १६ रन खर्चेर ६ विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच