
काठमाडौं। भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुदै सिरिजमा विजयी शुरुवात गरेको हो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्बाधिक ७९ रन बनाउनुभयो, भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रनको योगदान दिनुभयो ।
त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २–२ विकेट हात पार्नुभयो, भने मोहमद सिराज र रवि विश्नोईको नाममा एकएक विकेट रह्यो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउदै २१७ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्बाधिक ५८ रन बनाउँदा ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाउनुभएको थियो। त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्बाधिक ४ विकेट लिनुभयो ।
यो जितपछि भारतले सिरिजमा १–० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच