संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक शुरु भएको छ ।

सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो । बैठकमा टुंगो लाग्न बाँकी विषयमा सरोकारवालासँग छलफल गर्ने गत शुक्रवारको कार्यदलको बैठकको निर्णयानुसार आज बैठक बसेको हो । बैठकमा कानूनमन्त्री अजयकुमार चौरसिया, कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायतको उपस्थिति रहेको छ ।

कार्यदलस्तरमा द्वन्द्वकालीन मुद्दामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने र स्वतन्त्र सहमति नभए अदालतमा जान सकिने बाटो खुला गर्नुपर्ने विषय छलफलमा छ । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानूनमा भएभन्दा ७० प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्ने भन्नेबारेमा पनि सहमति जुटिसकेको छैन ।

यद्यपि सैद्धान्तिक रुपमा भने सहमति भइसकेको बताइएको छ । सरोकारवालासँग छलफलपछि सोही आधारमा प्रतिवेदन तयार पार्ने र शिर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?