मेनुकालाई ‘इण्डियन आइडल’मा गोल्डेन माइक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली गायिका मेनुका पौडेलले ‘इण्डियन आइडल सिजन १४’को अडिसनमा गोल्डेन माइक जित्न सफल हुनुभएको छ । अडिशनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उहाँले गाउनुभएको थियो । गोल्डेन माइकसँगै उहाँ टप १५ मा छनोट हुनुभएको छ । मेनुकाले गीत गाउँदै गर्दा निर्णायकमध्ये एक श्रेया घोसाल भक्कानिनु भएको थियो ।

अडिशनमा उहाँले गाएको गीतबाट प्रभावित भएर शो निर्णायक श्रेयाको अलवा विशाल डिडलानी र कुमार सानुले उठेर ‘स्टान्डिङ अवेसन’ दिनुभएको थियो । साथै निर्णायक सबैले मेनुकाको गायनको तारिफसमेत गरेका थिए । झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गनुभएको थियो । उहाँले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?