हुम्ला । हुम्लाका एक जना क्यान्सर पीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ । सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षिय बालक दिपेश बुढा ट्युमर क्यान्सर रोगले ग्रसित हुँदा उपचारमा आर्थिक अभाव भएको आफन्तले बताएका हुन् । ट्युमर क्यान्सर पीडित छोराको अप्रेशन गर्नु पर्ने भएकाले अप्रशनका लागि घरमा आर्थिक अभाव भएको बुवा बलबहादुर बुढाले गुनासो पोख्नुभयो ।
क्यान्सर पीडित दश वर्षिय बालकलाई अप्रेशनका लागि काठमाण्डौंमा पुर्याएपनि थप उपचारका लागि आर्थिक अभाव हुँदा अप्रेशन रोकिएको बुवाको गुनासो छ । छोराको उपचारका लागि बुवाले सहयोगको अपिल गरेको सोही वडाका वडाध्यक्ष कमल बुढाले बताउनुभयो । वडाध्यक्ष बुढाका अनुसार, बालकको अप्रेशन गर्नको लागी घरको आर्थिक अवस्था निकै कमजोर भएको हुँदा सहयोग रकम संकलन सुरु गरिएको बताउनुभयो ।
क्यान्सर पिडित बालकको अप्रेशनका लागि आइतबार पहिलो दिन रु ४३ हजार १५ रुपैयाँ संकलन भएको वडाध्यक्ष बुढाले बताउनुभयो । पिडित बालकको अप्रेशनका लागि सक्ने जति सक्दो सहयोग गरिदिन बुवाले आग्रह गर्नुभएको छ । क्यान्सर पिडित बालकलाई सहयोग गर्न सहयोगी मनकारी इच्छुकले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत पनि सहयोग गर्न सकिने बताइएको छ ।
फोटो : वर्षायामको क्यान्सर पिडित हुम्लाका दश वर्षिय दीपेश बुढालाई उपचारमा आर्थिक अभाव भएपछि आफन्तसहित सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाको टोली सदरमुकाम सिमकोटमा सहयोग संकलन अभियान सञ्चालन गर्दै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच