
काठमाडौं । उच्च अंकले बढ्दै आएको सेयर बजारमा सोमबार करेक्सन हुँदै २०.४६ अंकले घटेर २०६१.०९ अंकमा झरेको छ । आइतबार सेयर बजार ११३ अंकले बढेर २६८१.५६ अंकमा पुगेको थियो । सोमबार १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार एक सय छ रुपैयाँ बराबरका चार करोड ७७ लाख ९० हजार आठ सय ३७ कित्ता सेयर दुई लाख २२ हजार छ सय ६० पटक खरिदबिक्री भएका हुन् । अघिल्लो दिन तीन सय १८ कम्पनीका चार करोड तीन लाख १४ हजार पाँच सय १७ कित्ता सेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा झण्डै १६ अर्बको कारोबार भएको थियो । फाइनान्स र हाइड्रोपावरबाहेक ११ वटै समूहगत सूचक घटेका छन् तर फाइनान्स १.८८ र हाइड्रोपावर ०.८१ प्रतिशतले बढेको छ । व्यापार सर्वाधिक ४.५४ प्रतिशतले घटेको छ भने लघुवित्त ३.७१, विकास बैंक २.६९, जीवन बिमा १.९७, उत्पादन तथा प्रशोधनमूलक १.७३ र निर्जीवन बिमा १.०६ प्रतिशतले घटेको छ ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार रुपैयाँ बराबरको २४ लाख ६३ हजार ६९ कित्ता सेयर आठ हजार तीन सय १५ पटक खरिदबिक्री भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख, प्रभु बैंकको ३८ करोड १४ लाख, नेपाल फाइनान्स ३६ करोड ९१ लाख, ङादी ग्रुप पावर ३६ करोड ८६ लाख, ग्लोबल आइएमई बैंक ३४ करोड ३५ लाख, सिइडिबी हाइड्रोपावर ३४ करोड एक लाख, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट ३२ करोड २४ लाख र चिलिमे हाइड्रोपावरको ३० करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.७७, मन्दाकिनी हाइड्रोपावर ८.५८, बाराही हाइड्रोपावर ८.१६, जानकी फाइनान्स ६.८०, गणपति माइक्रोफाइनान्स ६.५६, रसुवागढी हाइड्रोपावर ६.३५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.२७, हाथवे इन्भेटमेन्ट ६.११, ङादी ग्रुप पावर ५.७९ र एसियन हाइड्रोपावरको ५.७७ प्रतिशतले बढेको छ । तर, आरम्भ चौतारी लघुवित्तको सबैभन्दा धेरै ८.३५ प्रतिशतले मूल्य घटेको छ । बोटलर्स नेपाल ७.९९, सानिमा इक्विटी फण्ड ७.५३, अभियान लघुवित्त ६.८८, गुराँस लघुवित्त ६.७२ प्रतिशत र बोटलर्स नेपाल तराईको मूल्य ६.१४ प्रतिशतले घटेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच