काठमाडाैं । सरकारले १८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।
बैठकलेले पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियाका लागि नेपाली राजदूतका रुपमा नियुक्तिका लागि सिफारिस गरेको छ । यस्तै भारतमा राजदूत शंकर शर्मालाई नै निरन्तरता दिइएको छ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाइएको छ । उहाँको स्थानमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उहाँ यसअघि भारतका लागि सिफारिस हुनुभएकाे थियाे ।
यस्तै यसअघि अमेरिकाका लागि सिफारिस हुनुभएका चन्द्रप्रसाद घिमिरेलाई बेलायतका लागि सिफारिस गरिएको छ । यसअघि कतारबाट फर्कनुभएका डा नेशरविक्रम ढकाललाई साउदी अरबको नयाँ राजदूतका लागि सिफारिस गरिएको छ । कतारका अमिरको नेपाल भ्रमण गराएपछि उहाँ चर्चामा आउनु भएको थियो ।
इजरायलका लागि धनप्रसाद पण्डित सिफारिस गरिएको छ । त्यहाँ कार्यरत कान्ता रिजाललाई अस्ट्रेलिया पठाउने सरकारले निर्णय गरेको छ ।यसअघि पोर्चुगलका लागि सिफारिस भएर पनि जान नपाउनु भएका सनिल नेपाल स्पेनका लागि सिफारिस भएका छन् ।
यता दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पोर्चुगलमा प्रकाशमणि पौडेल, पाकिस्तानमा परराष्ट्र मन्त्रालयका सहसचिव रिता धिताललाई राजदूतका रुपमा नियुक्त गर्न सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।
यस्तै रुसका मिलन तुलाधर र अष्ट्रेलियाका कैलाशराज पोखरेललाई फिर्ता बोलाइएको छ । श्रीलंकाका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच