वामपन्थीहरूको एकताको च्याप्टर क्लोज भयो : महासचिव पोखरेल

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थीहरूको एकताको च्याप्टर क्लोज भएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने र पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताउनुभयो । ‘नेताको टाउको जोडेर गरिने एकतादीगो नहुने भन्दै उहाँले अब कार्यकर्ताको मन जोडेर राजनीतिक धुव्रीकरण जरुरी भएको तर्क गर्नुभयो ।

महासचिव पोखरेलले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक भएको तर्क गर्नु भयो । यसरीनै बलियो राजनीतिक शक्ति निर्माण गर्न सकिने महासचिव पोखरेलको तर्क छ ।

साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठूला राजनीतिदल एक ठाउँमा आउनु परेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो । संविधान सभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै प्रमुख राजनीतिक दलहरूको बीचमा सहकार्य भएको स्पष्ट पार्नुभयो ।

‘संवैधानिक संरचनालाई बलियो बनाउनेगरी दलहरूको बीचमा सहकार्य भएको हो । पाँचवर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौं,’ उहाँले भन्नुभयो , ‘हामीलाई विश्वास छ संविधानको पक्षमा व्यापक र फराकिलो सहमति निर्माणको बाटोमा अघि बढ्छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?