काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा जिवित रहन सफल क्याप्टेन मनिष शाक्यलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उहाँको उपचार भएको हो ।
उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ । जहाज दुर्घटनाका क्रममा शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो । ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो ।
अस्पतालमा उहाँलाई भेट्न बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, सांसदसमेत रहनुभएका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको छ ।
आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारीसमेत गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए ।
तर, आयोगले छानबिन गरिरहेकाले नागरिक उड्डयन प्राधिकरणले अहिले नबोल्न आग्रह गरेका कारण साक्षातकार नहने भएको स्रोतको दाबी छ ।
टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको जानकारी दिनुभयो । तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको र घरमै बसेर थेरापी र अन्य उपचारलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनु भयो ।
निर्देशक डा थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताउनु भयो । अवस्था सामान्य बन्दै गएपनि घरमा उपचार भने जारी राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो ।’
उहाँले तत्काल काममा फर्किनसक्ने अवस्था भने नरहेको बताउनु भयो । पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।
साउन ९ गते बुधबार काठमाडौंबाट बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो ।
घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच