बादशाह कुर्मीलाई मन्त्री बनाईएको भन्दै बिरोध

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । निर्मला कुर्मी हत्याका मुख्य आरोपित भनिएका बादशाह कुर्मीलाई लुम्विनी प्रदेशको विना विभागीय मन्त्री नियुक्ति गरिएको प्रति महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुर मार्फत सञ्जालले सरकारको ध्यानाकर्षण गराएको हो ।

राज्यका निकायमा नियुक्त हुने व्यक्ति सामाजिक रुपमा स्वच्छ छवी भएको, विवाद रहित तथा कानुनीरुपमा फौजदारी अभियोगमा सजाय नपाएको हुनु पर्नेमा त्यस्तो नभएको महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी अध्यक्ष लिला तामाङले बताउनु भयो । अध्यक्ष तामाङले देशभरसंगै एकसाथ मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिनुभयो ।

हत्याका मुख्य आराेपीलाई नै मन्त्रीमा नियुक्त गरिनु लोकतन्त्रको भावना तथा संविधानको मर्म विपरित रहेको सञ्जालको ठहर छ । फौजदारीलगायत अन्य अभियोगमा राज्यको छानविन प्रक्रियामा रहेका व्यक्तिलाई उच्च पदमा नियुक्त गरिँदा कुर्मी लगायतका महिलाहरुको सामाजिक न्याय प्राप्तिमा अन्याय हुने सञ्जालले जनाएको छ । साथै लुम्विनी प्रदेशको विना विभागीय मन्त्री कुर्मीलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारसंग माग गरेको छ ।

यदि कुनै पनि बहानामा त्रुटि नसच्चाएमा देशभरका महिलाहरु एकजुट भई आन्दोलित हुन बाध्य हुने चेतावनी समेत सञ्जालले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?