
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ ।
एकीकृत समाजवादीले आकांक्षी धेरै भएपछि केन्द्रीय कमिटी ३४३ सदस्यीय बनाएको हो ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले उक्त सङ्ख्याको केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीको प्रचार विभागले जनाएको छ ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो ।
साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच