ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपलिका-६ पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट शुक्रबार एक साइकलयात्रीको मृत्यु भएको छ ।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका-१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी इटहरी-४ स्थित दिदीको घरमा बस्दै आएका थिए ।

ट्रक चालक धरान-१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?