काठमाडौं । ग्लोबल टी–२० क्यानडा लिग अन्तर्गत नेपाली राष्ट्रिय टिमका दुई खेलाडी सहभागी भ्यानकुभर नाइट्सले सातौ खेलमा पहिलो जित निकालेको छ ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मोन्ट्रियल टाइगर्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो। उसका लागि अजमातुल्लाह उमरजाईले ३० र शेर्फेन रदरफोर्डले २२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।
भ्यानकुभरका लागि नेपालका सन्दीप लामिछानेले महत्त्वपूर्ण दुई विकेट हात पार्नुभयो। पहिलो विकेटका रुपमा सर्वाधिक रन बनाएका अजमातुल्लाहलाई आउट गर्नुभएका सन्दीपले दोस्रो विकेटका रुपमा नवौंक्रमका ब्याट्सम्यान जहुर खानलाई आउट गर्नुभएको थियो ।
सन्दीपले जाहुरको विकेट लिएपछि मेटिन्ट्रयल १०९ रनमा अलआउट भएको थियो। ३.२ ओभर बलिङ गरेका सन्दीपले मात्र १४ रन खर्चिएर दुई विकेट हात पार्नुभएको हो । एक ओभर बलिङ गरेका दीपेन्द्रले भने बिना विकेट १२ रन खर्चिनुभयो उसका लागि मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिनुभयो ।
११० रनको लक्ष्य पछ्याएको भ्यानकुभरले १८.४ ओभरमा ५ विकेटको क्षतिमा ११३ रन बनायो। भ्यानकुभरको जितका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३९ रन बनाउँदा कप्तान उस्मान ख्वाजाले ३१ रन जोड्नुभयो । २ बल खेलेका दीपेन्द्र भने नटआउट रहनुभयो । यो जितसँगै सन्दीप र दीपेन्द्रको टिम भ्यानकुभरले ग्लोबल टी–२० लिगको यात्रा अन्त्य गरेको छ। समूह चरणाका सबै खेल खेलिसक्दा एक जित र वर्षाले अवरुद्ध खेलमा १ अंक बनाएको भ्यानकुभर तीन अंकसहित तालिकाको पुछारमा छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच