नवलपरासी । माध्यमिक शिक्षा परिक्षा एइइको ग्रेडवृद्धि (मौका परिक्षा) परिक्षा आज देखि सुरु भएको छ । परिक्षामा सहभागि परिक्षार्थीका लागि नवलपरासी पश्चिममा नौ वटा विद्यालयहरुमा ग्रेडवृद्धिका लागि परिक्षा केन्द्र तोकिएको छ ।
ग्रेडवृद्धि परिक्षामा जिल्लाबाट प्राविधिक धार तर्फ ८८ जनासहित कुल ३ हजार ४ सय २४ परिक्षार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय एकाई प्रमुख पुर्णबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सामुदायिक र संस्थागत गरी कुल १ सय २१ वटा विद्यालयका परिक्षार्थी सहभागी हुने परिक्षाका लागि रामग्राम, बर्दघाट सुनवल र प्रतापपुर क्षेत्रमा केन्द्र तोकिएको छ । जस अनुसार सबैभन्दा बढि रामग्राम नगरपालिकामा ३ वटा केन्द्र तोकिएको छ । त्यस्तै सुनवल बर्दघाट र प्रतापपुरमा दुई/ दुइ वटा परिक्षा केन्द्र तोकिएको छ ।
बर्दघाट नगरपालिका क्षेत्रमा दाउन्ने मावि र दिव्यज्योती मावि चिसापानी, रामग्राम नगरपालिका क्षेत्रमा तोकिएको परिक्षा केन्द्रमा आर्दश मावि परासी, पवन मावि परासी र लिटिल एन्जल्स् मावि परासी रहेका छन् । यस्तै सुनवल नगरपालिकामा जग्गनाथ माध्यमिक विद्यालय भुमही, र महाकवि देवकोटा मावि सुनवल, प्रतापुर गाँउपालिका क्षेत्रमा आर्दश मावि सेमरी र त्रिभुवन मावि बेलाटारीमा परिक्षा केन्द्र तोकिएको छ ।
परिक्षामा सहभागि हुनेमा सबैभन्दा बढि गणित बिषयमा २ हजार २ सय १४, बिज्ञानमा २ हजार ७९ र सामाजिकमा १ हजार ६ सय ६९ जना अनुत्तिर्ण हुने परिक्षार्थी छन् । मौका परिक्षा साउन ३१ गते सम्म चल्ने छ । परिक्षामा जिल्लाबाट नियमिततर्फ ५ हजार १ सय ७६ जना सहभागी भएकोमा १ हजार ७ सय ५२ जना मात्र उत्तिर्ण भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच