
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति विवरण सार्वजनजिक गरेको छ । विभागले बुधबार सम्मेलन गर्दै गत आर्थिक वर्षको वार्षिक अवधिमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न खाद्य तथा दाना बजार अनुगमन तीन हजार छ सय ६३ पटक, खाद्य तथा दाना उद्योग अनुगमन तीन हजार दुई सय ७७ पटक, होटल रेष्टुरेन्ट अनुगमन दुई हजार पाँच सय ८५ पटक, रेपिड रेस्पोन्स अनुगमन पाँच सय ४३ पटक, हाट बजार मेला महोत्सव अनुगमन एक सय १६ पटक, संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योग अनुगमन एक हजार १९ पटक गरी जम्मा ११ हजार दुई सय तीन पटक अनुगमन भएको जनाएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका, लेबल नभएका एक करोड एक लाख ६४ हजार छ सय रुपैयाँ बराबरको मसला, खाद्यान्न, बियर, दालमोठ, चिप्स, मिट मसला, चिजबल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेललगायतका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
सो अवधिमा अनुगमनका क्रममा खाद्य तथा दाना ऐन नियमानुसार जम्मा तीन हजार एक सय २५ नमुना संकलन भएको र ऐनबमोजिम संकलित नमुनामध्ये खाद्यान्नका आठ सय ८७, फल तथा सागपातजन्य तीन सय ५९, तेल तथा घ्यूजन्य तीन सय २६, मसला दुई सय ९४, गुलियो पदार्थ एक सय ६४, चिया र कफीका एक सय ५५, प्रशोधित पिउने पानीका एक सय १४, दूध तथा दुग्ध पदार्थ ७९, नुन ४०, मासु तथा मासुजन्य तीन, अन्य खाद्य पदार्थका एक सय २९ र दाना पदार्थका एक सय नौ गरी दुई हजार छ सय ५९ नमुना परीक्षण गरेको विभागले जनाएको छ । परीक्षणमा खाद्यान्नका ३२, फल तथा सागपातजन्य १२, तेल तथा घ्यूजन्य १५, मसलाका पाँच, गुलियो पदार्थ÷कन्फेक्सनरीका नौ, चिया/कफीका नौ, प्रशोधित पिउने पानीका १०, दूध तथा दुग्ध पदार्थका सात र अन्य खाद्य पदार्थका १० गरी जम्मा एक सय नौ अर्थात् ४.१० प्रतिशत नमुना प्रतिवेदन प्रतिकूल पाइएको पनि विभागले जनाएको छ । गत आर्थिक वर्ष खाद्य पदार्थसँग सम्बन्धित एक सय ७८ मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरिएको विभागले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच