काठमाडौं । दिवाकर भट्टराई निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ । निर्माणपक्षले चलचित्रको घोषणा गरिएसँगै थिम पोष्टर पनि सार्वजनिक गरेको छ ।
थिम पोष्टरले युद्धको संकेत गरेको छ । थिम पोष्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले चलचित्रको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ ।
शान्तिका लागि द्वन्द्व हुने थिम पोष्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । यही चलचित्रबाट महानायक राजेश हमाल कमब्याक गर्दैहुनुहुन्छ । महानायक हमाल लामो समयको ब्रेकपछि फिचर फिल्ममा अभिनय गर्ने निर्णयमा पुग्नुभएको हो । यो चलचित्रका लागि आइतबार हमालले निर्माणपक्षसँग कागजी सम्झौता पनि गर्नुभएको थियो ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्रको जानरा खुलाइए पनि निर्माणपक्षले कथाबारे केही जानकारी गराएको छैन । हमालको अपोजिटमा नायिका को हो, अन्य मुख्य कलाकार को-को हुन्, निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही खुलाएका छैनन् । थिम पोष्टर पनि यसमा मौन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच