पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदै

Read Time = 2 mins

काठमाडौं । अभिनेता पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूले सफाई पाउनुपर्ने माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालत नवलपुरले नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ ।

सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । उता सरकारी वकिल पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् ।

आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो । हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।

पल शाहले अहिलेसम्म १ वर्ष जेल सजाय गुजारिसकेका छन् । यदि पुनरावेदनबाट उनको सजाय तलमाथि भएन भने थप डेढ वर्ष उनले जेलमा बिताउनुपर्ने हुन्छ । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?