पोल भाडा तिर्न प्राधिकरणको अल्टिमेटम

Read Time = 2 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बक्यौता रकम भुक्तानी गर्न सेवा प्रदायक कम्पनीलाई अल्टिमेटम दिएको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै विद्युतीय संरचना प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट/केवल टिभी सेवा सञ्चालक कम्पनीलाई बक्यौता रकम भुक्तानीका लागि ताकेता गरेको हो ।

प्राधिकरणले बक्यौता रकम भुक्तानीका लागि वैशाखसम्मको समय दिँदै उक्त समयभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न एवं हालसम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको छ । अन्यथा तार काट्ने चेतावनीसमेत दिएको छ ।

केही सेवा प्रदायकले आंशिक क्षेत्रको मात्र पोल भाडा सम्झौता गरेको तथा केही सेवा प्रदायकले सम्झौता नै नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै प्राधिकरणले नयाँ सम्झौता नभएसम्म नयाँ लाइन विस्तार कार्य नगर्न तथा नगराउनसमेत सचेत गराएको छ ।

प्राधिकरणले यसअघि पनि पटक–पटक सार्वजनिक सूचनामार्फत् सेवा प्रदायकलाई पोल भाडा भुक्तानी तथा नवीकरणका लागि आउन आग्रह गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?