लिस्बोन । पोर्चुगलका डिफेन्डर पेपेले ४१ वर्षको उमेरमा सन्न्यासको घोषणा गर्नुभएको छ । पेपेले सामाजिक सञ्जालमार्फत् सन्न्यासको घोषणा गर्नुभएको हो । सन्न्यासको घोषणा गर्दै पेपेले आफ्नो करिअरमा मद्दत गर्नेहरू सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले पोर्चुगलका लागि १४१ खेल खेल्नुभएको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले २११ र जोआओ माउटिन्होले १४६ खेल खेल्नुभएको छ ।
सन् २०१६ को युरोकपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो । उक्त प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो हुनुहुन्थ्यो । रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मीलाई एक्समा बधाई दिनुभएको छ ।
‘मित्र तिमी मेरो लागि कतिको अर्थपूर्ण छौं भनेर व्यक्त गर्न पर्याप्त शब्दहरू छैनन् । हामीले मैदानमा सबै उपलब्धि हासिल गरेका छौं । तर, सबैभन्दा ठूलो उपलब्धि भनेको मित्रता र सम्मान हो । तिमी अद्वितीय छौं, धेरै धेरै धन्यवाद,’ उहाँले लेख्नुभएको छ ।
आफ्नो क्लब क्यारियरमा पेपेले २००७-१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जित्नुभयो । उहाँको अन्तिम क्लब पोर्टो थियो, जुनमा उहाँ २०१९ मा आबद्ध हुनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच