काठमाडौं । नेपालस्थित सिट्रोन गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्ने भएको छ । क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधन राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटका फाइदा पनि प्रदान गर्ने बताइएको छ ।
क्याम्पमा फि सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा पाँच प्रतिशत छुटलगायतका विभिन्न आकर्षक अफर उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उल्लेखित सुविधाले सिट्रोन गाडीका ग्राहकका सवारी अनुभव अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने बताइएको छ । क्याम्प दुर्ई चरणमा सञ्चालन हुनेछ ।
पहिलो चरण साउन २७ र २८ गते बिर्तामोडमा, साउन २९ र ३० गते विराटनगरमा र साउन ३२ गते वीरगञ्जमा हुनेछ । दोस्रो चरणमा पोखरा, दाङ, बुटवल र नारायणगढमा हुने कम्पनीले जनाएको छ । सिट्रोनले आफ्ना ग्राहकलाई तोकिएको मिति र स्थानमा उल्लेखित विशेष अफरको लाभ उठाउन आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच