चितवन-२ मा रवि लामिछाने दोब्बर बढी मतले अगाडि

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बर बढी मतले अगाडी बढ्नुभएको छ । पछिल्लो मत परिणामअनुसार २७ हजार ४९४ मत गन्दा रवि लामिछाने ७ हजार ३९२ मतले अग्रस्थानमा हुनुहुन्छ ।

उहाँले १३ हजार ६४१ मत ल्याउनुभएको छ भने उहाँका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ मत ल्याउनुभयो । यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ ५ हजार ९३५ मत ल्याउँदै तेस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?