काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) समारोह उद्घाटन गरेको छ । सो अवसरमा कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारिया, बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका १२ का अध्यक्ष उमाशंकर चौधरीको पनि उपस्थिति रहेको थियो ।
नेपालबाट कजारिया रमेश टायल्सले उत्पादनका लागि महत्वपूर्ण कोशेढुंगा पार गरेको छ । अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्सलाई बजार मागअनुसार व्यापक दायरामा उत्पादन गर्नेछ भने उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ, जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको मागपूर्तिसँगै मूल्य सहज हुँदा उपभोक्तासमेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ ।
कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भन्नुभयो, ‘नेपालमा नयाँ उत्पादन केन्द्र स्थापनाप्रति हामी निकै गौरवान्वित भएका छौँ । कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले भन्नुभयो, ‘यो अत्याधुनिक प्लान्ट हाम्रो नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धता जनाउँछ, जसले नेपालको बढ्दो बजार अझ राम्रोसँग सेवा दिन हामीलाई देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम बनाउँछ । हामी हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौँ ।’
कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले भन्नुभयो, ‘यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेका छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच