क्यानडा । आइसिसी क्रिकेट विश्वकप लिग-२ मा अमेरिकाले विजयी सुरुवात गरेको छ । अमेरिकाले आफ्नो पहिलो खेलमा क्यानडाविरुद्ध १४ रनको रोमाञ्चक जित निकालेको हो । क्यानडाले भने जारी श्रृंखलामा लगातार दोस्रो हार बेहो¥यो । अमेरिकाले दिएको ३०५ रनको लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९० रनमात्र बनाउन सक्यो ।
उसका लागि हर्ष ठाकरले ७७, डिलन हेलिगरले ५६, आरोन जोनसनले ५५, प्रगत सिंहले ४२ र कप्तान निकोलस किर्तनले १४ रन बनाउनुभयो । अमेरिकाका लागि नोस्टुश केन्जिगेले तीन तथा शेडले भ्यान शाल्कविक र जसदीप सिंहले दुई/दुई विकेट लिनुभयो । त्यसअघि नेदरल्याण्ड्सको हेगस्थित स्पोर्टपार्कमा टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो । उसका लागि कप्तान मोनांक पटेलले शतकीय इनिङ खेल्नुभयो । ९५ बलको सामना गर्नुभएका उहाँले सात चौका र पाँच छक्कासहित अविजित १२१ रन बनाउनुभयो । यस्तै, स्मित पटेलले ६३, शायन जहाँगीरले अविजित ५७, स्टिभन टेलरले २७ र आरोन जोन्सले १५ रन बनाउनुभयो ।
क्यानडाका लागि डिलन हेलिगर, हर्ष ठाकर, सादबिन जाफर र प्रगत सिंहले एक/एक विकेट लिनुभयो । जितपछि अमेरिका छैटौँ स्थानमा उक्लिएको छ । अमेरिकासँगको हारका बाबजुद क्यानडा दोस्रो स्थानमा कायमै छ । उसले अहिलेसम्म ६ खेलबाट आठ अंक जोडेको छ । अमेरिकाको जितसँगै नेपाल भने सातौँ स्थानमा झरेको छ । नेपालले अहिलेसम्म चार खेलबाट दुई अंकमात्र जोडेको छ । लिग-२ अन्तर्गत नेपालले दोस्रो सिरिज आउँदो सेप्टेम्बरमा खेल्ने तालिका छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच