टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने एमालेको निर्णय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई कानुनी प्रक्रियामा सघाउनुपर्ने निर्णय लिएको छ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा आज बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिनुभएको रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर रायमाझी हाल फरार हुनुहुन्छ ।

बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’

साथै रायमाझीलाई पार्टीबाट निष्कासित गर्नसक्ने विषयमा पत्रकार ले सोधेको प्रश्नमा उपमहासचिव गुरुङले अनुसन्धान निष्कर्षमा पुगिनसकेको र दोषी ठहर भइनसकेको अवस्थामा यस्ता कुरामा हतार गर्नु नहुने बताउनु भयो ।

यसैबीच प्रहरीले आज रायमाझीको घरमा छापा मारेको छ । ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मारेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?