म्याग्दीमा पृथ्वीनारायण शाहको तस्वीर बोकेर मत माग्दै राप्रपा

हिमालय टाइम्स
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दी आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको तस्वीर बोकेर म्याग्दीको ग्रामिण क्षेत्रमा चुनावी अभियानमा छ ।

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलेको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्वीरसहित उपस्थित भएको छ ।

राप्रपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जगतप्रसाद गौचनले नेपालको इतिहासमा पृथ्वीनारायण शाहले दिएको योगदान र बाइसी-चौबीसी राज्यलाई मिसाएर नेपाल बनाउन खेलेको भूमिकाका बारेमा नयाँ पुस्तालाई जानकारी दिन समेत तस्वीर लिएरै चुनावी अभियान सुरु गरेको बताउनु भयाे । पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकाको चुनावी अभियानमा ब्यस्त राप्रपाले सन् १८६० को सुगौली सन्धिका हस्ताक्षरकर्ताहरुले नेपालको अस्तित्व निल्न खोजेको आरोप लगाएकाे छ ।

‘नेपाल बनाउने र मास्नेहरूलाई मतदाताले चिन्न जरुरी छ, फर्केर हेर्दा ठूला दलहरूको मिलेमतोमा छिमेकीले नेपाली भू-भाग नै मिचेको छ’ उम्मेदवार गौचनले भन्नुभयाे ।

उहाँले ग्रेटर नेपालको ठूलो हिस्सा छिमेकी भारतले गाभेको र कालापानी र सुस्तालगायतका भू-भागमा रजाई गरेकाले अब देशको रक्षाका लागि राप्रपालाई मतदान गर्न अपिल गरेको बताउनु भयाे । उहाँले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रसहितको मुलुक बनाएर दिगो विकास र स्थायीत्वका लागि राप्रपाको जितको बिकल्प नरहेको दावी समेत गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?