अफगानिस्तानविरुद्ध आकाश एक्लैले लिए तीन विकेट

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यू १९ विश्वकप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानविरुद्ध नेपाली बलरले घातक बलिङ गरेका छन् ।

गुल्सन झाले पहिलो ओभरमा विकेट लिए भने दोस्रो ओभरमा आकाश चन्दले दोस्रो विकेट लिए । आकाशले खेलको छैटौँ ओभरमा पनि विकेट लिएका छन् ।

आकाशले नै ८ औँ ओभरमा आफ्नो तेस्रो र टिमका लागि चौथो विकेट लिएका छन् । हालसमम अफगानिस्तानले ८ ओभरमा ४ विकेट गुमाएर २७ रन बनाएको छ ।

नेपालले अहिलेसम्म दुई फास्ट बलर मात्र प्रयोग गरिरहेको छ भने अफ्गानिस्तान दबाबमा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?