काठमाडौं । यातायात व्यवस्था कार्यालयअन्तर्गत सवारी चालक अनुमति पत्र एकान्तकुना कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सवारी चालक अनुमति पत्रको अभिलेख सच्चाउन सेवाग्राहीसँग २० हजार घुस लिएको उजुरीका आधारमा रेग्मीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभएको छ।
उहाँका अनुसार रेग्मीले घुस लिएको भिडियो एउटा टेलिभिजनमासमेत प्रसारण भएको थियो ।
सेवाग्राहीले चालक अनुमति पत्रको वर्ग थप गर्न दिएको प्रयोगात्मक परीक्षामा पास भए पनि सिस्टममा फेल देखिएपछि उक्त विवरण सच्याउन रेग्मीले घुस लिएको अख्तियारले जनाएको छ ।
रेग्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा २० हजार बिगो कायमगरी उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय दाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच